बाँस्कोटाको राजीनामा स्वीकृत, सञ्चार मन्त्रालयको जिम्मेवारी खतिवडालाई
काठमाडौं, फागनु ८ : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको राजीनामा स्वीकृत भएको छ।
घुस काण्डमा मुछिएपछि मन्त्री बाँस....

काठमाडौं, फागनु ८ : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको राजीनामा स्वीकृत भएको छ।
घुस काण्डमा मुछिएपछि मन्त्री बाँस्कोटाले बिहीबार दिउँसो राजीनामा दिएका थिए।
मन्त्री पदबाट दिएको राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ स्वीकृत गरेका थिए। राजीनामा स्वीकृतसँगै प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडालाई दिएकी छिन्।
यस्तै, बाँस्कोटाले नै सम्हाल्दै आएको सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङलाई दिइएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति: १८:४८ बजे, बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











