Kathmandu Press

पर्यटनमन्त्री भट्टराईले भेटे क्वारेन्टाइनमा राखिएका विद्यार्थीलाई

काठमाडौं, फागुन ८ : चीनको वुहानमा नेपाली विद्यार्थीको उद्दारमा गएका नेपाल वायुसेवा निगमका कर्मचारीलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश....

 पर्यटनमन्त्री भट्टराईले भेटे क्वारेन्टाइनमा राखिएका विद्यार्थीलाई

काठमाडौं, फागुन ८ : चीनको वुहानमा नेपाली विद्यार्थीको उद्दारमा गएका नेपाल वायुसेवा निगमका कर्मचारीलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले भेट गरेका छन्।

गत आइतबार नगरकोटको खानेपानी कार्यालयमा क्वारेन्टाइमा राखिएका निगमका १३ जना कर्मचारीलाई पर्यटन मन्त्रायका कर्मचारीहरुले भेट गरेका हुन्। बिहीबार पर्यटन मन्त्री भट्टराईसहित मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, सहसचिव शुरेश आचार्य, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल वायुसेवा निगमका अप्ररेशन विभाग प्रमुख दीपु जुहार्चनलगायतका टोलीले भेट गरेका हुन्।

क्वारेन्टाइनमा राखिएको कर्मचारीसँग टोलीले ३० फिट टाढा बसेर कुराकानी गरेको मन्त्रालयले जनाएको छ। क्वारेन्टाईनमा राखिएका कर्मचारीको आगामी शनिबार स्वास्थ्य परीक्षण गरेपछि मात्र १४ दिन राख्ने वा ७ दिनमा फर्काउने यकिन गरिने मन्त्रालयका सहसचिव सुरेश अचार्यले बताए।

मन्त्री भटराईको टोलीले बिहीबार नै खरिपाटी पुगेर क्वारेन्टाईनमा राखिएका विद्यार्थीको अवस्थाबारे जानकारी लिएका छन् । टोलीले सिसिटिभिमा हेर्दै फोनमा कुराकानी गरेर फकिएको थियो । कुराकानीको क्रममा एक स्वास्थ्यकर्मी र एक विद्यार्थीले मन्त्री भट्टराईसँग कुराकानी गरेका थिए। 

चीनको वुहान शहरमा नेपाली विद्यार्थीको उद्धारको लागि नेपाली सेनाका ४ चिकित्सक, नेपाल वायुसेवा निगमका तीन क्यापटेन, ६ क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना प्राविधिक, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर गरि १७ जनाको समूह गएको थियो ।

प्रकाशित मिति: १८:१४ बजे, बिहीबार, फागुन ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्