Kathmandu Press

सेक्युरिटी प्रेस खरिद प्रकरणमा स्वीस सरकारको कुनै संलग्नता छैन : दूतावास

काठमाडाैं, फागुन ८ : सेक्युरिटी प्रेस खरिद प्रकरणमा आफ्नो देशको कुनै संलग्नता नरहेको भन्दै स्वीजरल्याण्ड सरकारले आफ्नो बचाउ गरेको छ।

नेपालस्....

नेपालस्थित स्वीस दूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै सेक्युरिटी प्रेस खरिद प्रक्रियामा आफ्नो देश सहभागी नभएको दाबी गरेको हो। '७० करोड अनियमितता प्रकरणमा हाम्रो कुनै संलग्नता छैन। प्रेस खरिदका विषयमा हाम्रो नेपाल सरकारको कुनै पनि मन्त्रीसँग छलफल भएको छैन,' दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सेक्युरिटी मेसिन खरिदमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो बुधबार बेलुका सार्वजनिक भएको थियो। एजेन्ट विजय मिश्र र बाँस्कोटाबीच भएको संवादमा स्वीस सरकारका प्रतिनिधिसँग छलफल गर्ने र कमिसनको टुंगो लगाउने कुरा स्पष्ट रुपमा सुन्न सकिन्छ।

हेर्नुस् विज्ञप्ति :

प्रकाशित मिति: १७:३९ बजे, बिहीबार, फागुन ८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्