Kathmandu Press

इमरान खानविरुद्ध जेल सजाय रोक, धरौटीमा रिहा गर्न आदेश

उच्च अदालतले ट्रायल कोर्टको फैसला उल्टाउँदै अदालतले खानलाई धरौटीमा रिहा गर्न पनि आदेश दिएको छ।
इमरान खानविरुद्ध जेल सजाय रोक, धरौटीमा रिहा गर्न आदेश

इस्लामावाद, भदौ १२ : पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध सुनलाईएको जेल सजाय इस्लामाबाद उच्च अदालतले रोकेको छ।

तोशाखाना भ्रष्टाचार मुद्दामा जेल सजाय सुनाइएका पूर्वप्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीका प्रमुख खानविरुद्ध सजया इस्लामाबाद उच्च अदालतले रोक लगाएको सञ्चारमाध्यमहरुले जनाएका छन्।

उच्च अदालतले ट्रायल कोर्टको फैसला उल्टाउँदै अदालतले खानलाई धरौटीमा रिहा गर्न पनि आदेश दिएको छ।

इस्लामाबाद उच्च अदालतका मुख्य न्यायाधीश अमिर फारूक र न्यायाधीश मेहमूद जहाँगिरीको इजलासले खानको पुनरावेदनमा सुनुवाइ गर्दै ट्रायल कोर्टको फैसला उल्ट्याएको हो ।

पिटिआई प्रमुख खानका कानुनी सहयोगी नइम हैदर पन्जोथाले समेत आफूहरूको आग्रह अदालतबाट स्वीकार गरिएको बताएका छन्। खानलाई गत अगस्ट ५ मा तोशाखाना भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै इस्लामाबाद ट्रायल कोर्टले ३ वर्ष जेल सजाय सुनाएको थियो।

अदालतको उक्त आदेशसँगै खानलाई लाहोरस्थित निवासबाट पक्राउ गरिएको थियो।

 

प्रकाशित मिति: १५:०२ बजे, मंगलबार, भदौ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्