Kathmandu Press

‘सरकारले ऊर्जामा भएको लगानीको सुरक्षा गर्छ’

अहिले सरकारको पहिलो लक्ष्य सुशासनको प्रत्याभूति दिलाउने र सबै तह तथा तप्काका नागरिकको सुरक्षा गर्ने रहेको उनले बताए।
‘सरकारले ऊर्जामा भएको लगानीको सुरक्षा गर्छ’

काठमाडौं, भदौ १२ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा क्षेत्रमा भएको ठूलो लगानीको सरकारले सुरक्षा गर्ने बताएको छ।

गृह मन्त्रालयमा आज स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल  (इप्पान) का पदाधिकारीसँगको भेटमा उनले ऊर्जा क्षेत्रमा भएको १३ खर्ब रुपैयाँ लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने बताए।

Hardik ivf

अहिले सरकारको पहिलो लक्ष्य सुशासनको प्रत्याभूति दिलाउने र सबै तह तथा तप्काका नागरिकको सुरक्षा गर्ने रहेको उनले बताए।

भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले अहिले ऊर्जाका परियोजना निर्माण गर्दा स्थानीयको अवरोधले काम गर्ने वातावरण नबनेको उल्लेख गर्दै परियोजनास्थलमा सुरक्षा पोस्ट राखिदिन आग्रह गरे।

विस्फोटक पदार्थको सहज आपूर्तिका लागि पनि गृह मन्त्रालयबाट आवश्यक सहजीकरण गरिदिन उपप्रधानमन्त्री श्रेष्ठलाई उनले आग्रह गरेका थिए।

 

प्रकाशित मिति: १४:५१ बजे, मंगलबार, भदौ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्