Kathmandu Press

इटालियन कम्पनीसँगको ठेक्का सम्झौता तनहुँ हाइड्रोले पनि तोड्यो 

काठमाडौं, फागुन ७ : मेलम्ची खानेपानी आयोजनाबाट भागेको इटालियन कम्पनी (सीएमसी) तनहुँ हाइड्रो लिमिटेडको सम्पर्कमा नआएपछि ठेक्का सम्झौता तोडिएको छ ।....

इटालियन कम्पनीसँगको ठेक्का सम्झौता तनहुँ हाइड्रोले पनि तोड्यो 
फाईल फोटो

काठमाडौं, फागुन ७ : मेलम्ची खानेपानी आयोजनाबाट भागेको इटालियन कम्पनी (सीएमसी) तनहुँ हाइड्रो लिमिटेडको सम्पर्कमा नआएपछि ठेक्का सम्झौता तोडिएको छ ।  
दुई साता अगाडी मात्रै मेलम्ची खानेपानी विकास समितिले इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सीएमसी) सँग ठेक्का सम्झौता तोडेको थियो ।  

मेलम्ची खानेपानी आयोजनाबाट भागेको सीएमसी तनहुँ हाइड्रो लिमिटेडसंग समेत सम्पर्क हुन नसकेपछि तनहुँले पनि ठेक्का सम्झौता तोडेको हो । 

तनहुँ हाइड्रोले  शनिवार (फागुन ४) सम्म समय तोके २८ दिन अगाडी सिएमसीलाई सम्पर्कमा आउन पत्र पठाएको थियो । कम्पनीले कुनै जवाफ नदिएपछि मंगलबार ठेक्का तोडेर कम्पनीलाई पत्र पठाइएको हो ।  

१४० मेगावाट क्षमताको आयोजनाको प्रवद्र्धक तनहुँले सीएमसीलाई २८ दिनभित्र काममा फर्कन समय दिएको थियो । तनहुँले माघ ४ गते सीएमसीलाई पत्राचार गरी २८ दिनभित्र आयोजनाको काम सुरु गर्न भनेको थियो । मेलम्ची खानेपानी आयोजनामा जस्तै काममा कम्पनी नफर्केसंगै तनहुँ हाइड्रोको निर्माण समय पनि लम्बिने भएको छ । कम्पनीले ठेक्का तोडेर नयाँ ग्लोवल टेन्डरको आह्वान गर्नुपर्ने हुन्छ । 

सीएमसीले तनहुँसँग आयोजनासंग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ ठेक्का सम्झौता गरेको छ ।  ठेकेदार कम्पनी सीएमसीले नदी फर्काउन अस्थायी बाँध, मूल बाँध र पहुँच सडक निर्माणको जिम्मा लिएको थियो । 

दोस्रो चरणको निर्माणको लागि भने तनहुँ हाइड्रोको चीनको सिनो हाइड्रो कर्पोरेशनले ठेक्का पाएको छ । जसमा आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान गर्ने छ । जसको लागि संचालनलगायत झन्डै १७ अर्ब रुपैयाँ लाग्ने छ । 
 

प्रकाशित मिति: १७:१९ बजे, मंगलबार, फागुन ७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्