Kathmandu Press

सुनको मूल्य प्रतितोला छ सय रूपैयाँ बढ्यो

अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार एक सयमा कारोबार भएका सुनको मूल्य मंगलबार प्रतितोला छ सय रुपैयाँले बढेको छ।
सुनको मूल्य प्रतितोला छ सय रूपैयाँ बढ्यो

काठमाडौं, भदौ १२ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार सात सय निर्धारण गरिएको छ।

अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार एक सयमा कारोबार भएका सुनको मूल्य मंगलबार प्रतितोला छ सय रुपैयाँले बढेको छ।
 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय ५० कायम भएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर रु एक हजार चार सय ६५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

प्रकाशित मिति: ११:५८ बजे, मंगलबार, भदौ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्