थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले तोडे अनशन
धनगढी, फागुन ८ : थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले आठौं दिनमा आमरण अनसन तोडेका छन्।
बिहीबार प्रमुख जिल्ला अधिकारी ....

धनगढी, फागुन ८ : थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले आठौं दिनमा आमरण अनसन तोडेका छन्।
बिहीबार प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको हातबाट जुस पिउँदै थारुले आमरण अनसन तोडेका हुन्। स्थानीय राजनीतिक दलहरुले माग सम्बोधनका लागि प्रतिवद्धता जनाएपछि थारु अनसन तोड्न सहमत भएका थिए।
थरुहट आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिनुपर्नेलगायतका माग अघि सार्दै संयोजक थारुले फागुन १ गतेदेखि धनगढीमा आमरण अनसन सुरु गरेका थिए। स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थारुलाई केही दिन यता धनगढीस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।
प्रकाशित मिति: १७:४७ बजे, बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











