तमिलनाडुमा बस दुर्घटना, ६ नेपालीको मृत्यु
काठमाडौं, फागुन ८ : भारतको दक्षिणी राज्य तमिलनाडुमा भएको सवारी दुर्घटना हुँदा ६ नेपालीको मृत्यु भएको छ । बिहीबार २५ जना नेपालीहरू चढेको पर्यटक....

काठमाडौं, फागुन ८ : भारतको दक्षिणी राज्य तमिलनाडुमा भएको सवारी दुर्घटना हुँदा ६ नेपालीको मृत्यु भएको छ । बिहीबार २५ जना नेपालीहरू चढेको पर्यटक बस अर्को बससँग ठोक्किँएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
बस कन्याकुमारीबाट राजस्थानतर्फ जाँदै थियो। बस मोड्न खोज्दा बैंग्लुरूबाट केरला जाँदै गरेको बससँग ठोक्किएको थियो।
सुनसरीको दुहबीबाट गएको बस दुर्घटनामा २ महिलासहित ६ नेपालीको मृत्यु भएको जनाइएको छ ।
प्रकाशित मिति: १६:०८ बजे, बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











