विमानस्थलमा देखाइयो सञ्चारमन्त्रीलाई कालो झण्डा
काठमाडौं, फागुन ८ : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई त्रिभुवन विमानस्थलमा कालो झण्डा देखाइएको छ।
नेपाली कांग्रेसको ....

काठमाडौं, फागुन ८ : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई त्रिभुवन विमानस्थलमा कालो झण्डा देखाइएको छ।
नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले बिहीबार दिउँसो विमानस्थलमै सञ्चारमन्त्री बाँस्कोटालाई कालो झण्डा देखाएको हो।
विमानस्थलमा कालो झण्डा देखाएको आरोपमा प्रहरीले नेविसंघका नेता विष्णुहरि खड्कालाई नियन्त्रणमा लिएको छ। मन्त्री बाँस्कोटा कञ्चनपुर महोत्सवमा सहभागी भएर काठमाडौं फर्किना साथ मन्त्री बाँस्कोटाले राजीनामा दिएका थिए।
मन्त्री बाँस्कोटा र स्वीस सेक्युरिटी प्रिन्टिङ कम्पनीका नेपाल एजेन्ट विजयप्रकाश मिश्रबीचको टेलिफोन संवादमा मन्त्री बाँस्कोटाले ७० करोड कमिसन माग गरेको अडियो बुधबार बाहिरिएको थियो। अडियो बाहिरिएसँगै मन्त्री बाँस्कोटाको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि र राष्ट्रियसभा बैठक अवरूद्ध गरेको थियो।











