Kathmandu Press

भ्रष्टाचारको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने भन्दै कांग्रेसले गर्‍यो संसद अवरुद्ध

काठमाडौं, फागन ८ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ। 

सेक्युरिटी प्रेस खरिदमा अनियमितता भएकाले छ....

भ्रष्टाचारको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने भन्दै कांग्रेसले गर्‍यो संसद अवरुद्ध
फाइल

काठमाडौं, फागन ८ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ। 

सेक्युरिटी प्रेस खरिदमा अनियमितता भएकाले छानविनको माग गर्दै कांग्रेसले बिहीबार प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको हो। प्रेस खरिदमा भएको भ्रष्टाचारको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने कांग्रेसको भनाइ छ। 

संसदमा समय लिएर बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले मन्त्रिपरिषद्‍को नेतृत्व ओलीले गर्ने भएकाले यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताइन्।

'प्रधानमन्त्रीले मन्त्रिपरिषद्‍को नेतृत्व गर्नुहुन्छ उहाँलाई अनियमितताबारे जानकारी नहुने कुरा हुन्न यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री स्वयंमले लिनुपर्छ,' भुसालले भनिन्।

प्रेस खरिदको विषयमा अनियमितता गर्नेलाई कारवाही गरी सरकारले सत्यतथ्य जानकारी सदन समक्ष गराउनुपर्ने कांग्रेसको माग छ। सेक्युरिटी प्रेस खरिदमा सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो। सञ्चारमन्त्री घुस लिएको अडियो सार्वजनिक भएपछि सेक्युरिटी प्रेस खरिदसम्बन्धी प्रक्रिया रोक्न संसदीय समितिले सरकारलाई दिर्नेशन समेत दिइसकेको छ।

बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकले सेक्युरिटी प्रेस खरिद प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको हो। 

सेक्युरिटी प्रेस खरिदका विषयमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि यसअघि कांग्रेसले बिहीबारै बसेको राष्ट्रियसभा बैठक पनि अवरूद्ध गरेको थियो। 

 

प्रकाशित मिति: १५:२३ बजे, बिहीबार, फागुन ८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्