Kathmandu Press

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोबोटबाट सेवा प्रवाह

काठमाडौं, फागुन ८ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारबाट दुई रोबोर्टले सेवा दिने भएको छ । पर्यटन परी नाम दिइएको दुई रोबोटले यात्रुलाई अभिवा....

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोबोटबाट सेवा प्रवाह

काठमाडौं, फागुन ८ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारबाट दुई रोबोर्टले सेवा दिने भएको छ । पर्यटन परी नाम दिइएको दुई रोबोटले यात्रुलाई अभिवादन गर्नुका साथै सेट गरिएअनुसारका सूचना स्क्रिनमार्फत उपलब्ध गराउने छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थलमा आयोजित एक कार्यक्रममा रोबोर्टको उद्घाटन गरेका छन् । कार्यक्रम रोबोटबाटै सञ्चालन गरिएको थियो।

विमानस्थललाई प्रविधिमैत्री बनाउन र पर्यटकलाई सहयोग पुग्ने उद्देश्यले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै रोबोट राखिएको उनले बताए।

‘पछिल्लो समय नेपालमा चिनियाँ पर्यटकको संख्यामा बृद्धि भएको छ, नेपाल आउने चिनियाँहरु अंग्रजी भाषा बोल्न जान्दैनन्, उनीहरुलाई लक्षित गर्दै रोबोट सञ्चालनमा ल्याएका हौं।’

रोबोटले नेपाली, अंग्रेजी र चिनियाँ तीन भाषामा सूचना प्रवाह गर्न सक्छन्।

नेपाली प्रविधिको प्रयोग गरि बनाइएको रोबोट आगमन र प्रस्तान विन्दुमा राखिने छ । परीक्षणको लागि राखिएको रोबोटको प्रभाव राम्रो भएमा अन्य स्थानमा समेत राखिने मन्त्री भट्टराईको भनाई छ । रोबोटले नेपालका पर्यटकीय गन्तव्यदेखि विमानस्थलको सेवा प्रवाहको बारेमा समेत जानकारी दिनेछ।

'विमानस्थलको सेवा सुबिधाबारे थाहा नभएको पर्यटकलाई यसले सहयोग गर्छ,' उनले भने, 'पर्यटकलाई विमानस्थल भित्र शौचालय कता भनेर अन्य व्यक्तिसँग सोध्नभन्दा रोबोर्टलाई सोधेमा उसले शौचालयसम्म पुर्याइदिने काम गर्छ।'

उद्घाटन शत्रमा पुगेका पर्यटनमन्त्री लगायत अन्य अतिथिलाई रोबोर्टले नमस्कार गरेर स्वागत गरेको थियो।

नेपाल भ्रमण वर्ष सचिवालय, पर्यटन बोर्ड र नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को संयुक्त लगानीमा ४४ करोड लागतमा रोबोर्ट राखिएको हो।

प्रकाशित मिति: १४:४७ बजे, बिहीबार, फागुन ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्