Kathmandu Press

सेक्युरिटी प्रेस खरिद प्रक्रिया रोक्न लेखा समितिको सरकारलाई निर्देशन

काठमाडौं, फागुन ८ : सञ्चारमन्त्री घुस लिएको अडियो सार्वजनिक भएपछि सेक्युरिटी प्रेस खरिदसम्बन्धी प्रक्रिया रोक्न संसदीय समितिले सरकारलाई दिर्नेशन दिएको....

सेक्युरिटी प्रेस खरिद प्रक्रिया रोक्न लेखा समितिको सरकारलाई निर्देशन

काठमाडौं, फागुन ८ : सञ्चारमन्त्री घुस लिएको अडियो सार्वजनिक भएपछि सेक्युरिटी प्रेस खरिदसम्बन्धी प्रक्रिया रोक्न संसदीय समितिले सरकारलाई दिर्नेशन दिएको छ।

बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकले सेक्युरिटी प्रेस खरिद प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो। समितिका सचिव रोजनाथ पाण्डेका अनुसार, अर्को निर्णय नभएसम्म खरिद प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो।

यससम्बन्धी अझै छलफल गर्नुपर्ने समितिको निष्कर्ष छ। बैठकमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा नआएपछि सांसदले सोधेका प्रश्नको जवाफ मिलेको थिएन। त्यसैले पनि थप छलफल गरिने भएको हो।

यस्तै, सेक्युरिटी प्रेस खरिद प्रक्रियासम्बन्धी घुस प्रकरणबारे समितिले पनि छानविन गर्ने भएको छ। सेक्युरिटी प्रेस खरिदमा सञ्चारमन्त्री बास्कोटाले ७० करोड घुस मागेको अडियो सार्वजनिक भएको छ।

प्रकाशित मिति: १४:३९ बजे, बिहीबार, फागुन ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्