नेप्सेको ओरालो यात्रा कायमै, आइतबार २०.५४ अंकले घट्याे
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्स आइतबार २० दशमलव ५४ अंकले घटेर एक हजार नौ सय ९३ दशमलब ३८ कायम भएको छ।काठमाडौं, भदौ १० : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि २० दशमलब ५४ अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्स आइतबार २० दशमलव ५४ अंकले घटेर एक हजार नौ सय ९३ दशमलब ३८ कायम भएको छ।
आइतबारको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ४४ अंकले ओरालो लागेर तीन सय ८२ दशमलव ११ मा सीमित भएको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको शेयर मूल्यमा उकालो लागेको छ भने १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ।
नेप्सेका अनुसार विभिन्न कम्पनीका कूल ३८ लाख ९५ हजार दुई सय ३६ कित्ता शेयर एक अर्ब २६ करोड २७ लाख ६७ हजार आठ सय ७६ मूल्यमा कारोबार भएको छ।
कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ। साथै स्वाभिमान लघुवित्त ६, सिटिजन म्युचुअल फण्ड ५ दशमलव ८८, पिपुल्स पावर पाँच दशमलव १८ र अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको शेयर मूल्य ४ दशमलव ८९ प्रतिशतले बढेको छ।
यस्तै, कमर जीतमाया सुरी हाइड्रोपावर ८ दशमलव ६३, लिवर्टी इनर्जी ६ दशमलव ३०, अप्पर स्याङ्गे हाइड्रोपावर पाँच दशमलव ७९, माहुली लघुवित्त ५ दशमलव ६८ र खानीखोला हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव ५१ प्रतिशतले बढेको छ।