Kathmandu Press

दोलखाको भीमेश्वर मन्दिरमा पसिना

दोलखा, फागुन ८ : दोलखाको प्राचीन, ऐतिहासिक मन्दिर भीमेश्वर मन्दिरमा पसिना आएको छ । बिहीबार बिहान ६ः४५ बजेबाट मन्दिरको शिलामा पसिना आएको मन्दिरका मुख्य....

दोलखाको भीमेश्वर मन्दिरमा पसिना

दोलखा, फागुन ८ : दोलखाको प्राचीन, ऐतिहासिक मन्दिर भीमेश्वर मन्दिरमा पसिना आएको छ । बिहीबार बिहान ६ः४५ बजेबाट मन्दिरको शिलामा पसिना आएको मन्दिरका मुख्य पुजारी काशीनारायण श्रेष्ठले बताए । उनका अनुसार बिहान ६ः४५  बजे शिलामा पसिना आएको र ८ः२५ बजे रोकिएको थियो । 

भीमेश्वरलाई पसिना आएमा अनिष्ट हुन्छ भन्ने जनविश्वास रहि आएको स्थानीय शान्तकृष्ण श्रेष्ठले बताए ।  भीमसेनलाई पसिना आएमा राष्ट्रपतिले क्षमा पूजा गर्नुपर्ने चलन छ । क्षमापूजाका लागि पसिना आएको कपास काठमाडौँ राष्ट्रपति कार्यालय पठाउन लागिएको उनले बताए। 

मन्दिरका शिलामा पसिना देखिएकाले पूजाआजा गरिँदै गरिएको स्थानीय शिवजी प्रधानले बताए । भीमेश्वरको चट्टान (शिला) को विभिन्न भागमा पानीको थोपा निस्कँदै झर्ने क्रमलाई ‘पसिना’आएको विश्वास गरिन्छ । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मासहित टोली बिहान ७ः०० बजे मन्दिरस्थल पुगेका थिए।

सकारात्मक वा नकारात्मक परिवर्तन, अनिष्टका घटनाको पूर्वसूचकको रूपमा लिइने भीमेश्वरमा पसिना आउँदा भक्तजन भेला भएर घण्टी बजाउने, धुपबत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिले पङ्खाले हम्कने गरेका छन्। 

प्रकाशित मिति: १४:१७ बजे, बिहीबार, फागुन ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्