सञ्चारमन्त्री बाँस्कोटाबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्रीको : प्रचण्ड
काठमाडौं, फागुन ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा गराउने जिम्....

काठमाडौं, फागुन ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा गराउने जिम्मा अर्का अध्यक्ष तथा प्रधामन्त्री केपी ओलीलाई दिएका छन्।
सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसन (घुस) मागेको सञ्चारमन्त्री बाँस्कोटाको अडियो सार्वजनिक भएपछि ओली–प्रचण्डबीच छलफल भएको थियो । बालुवाटार स्रोतका अनुसार सरकारको नेतृत्व ओलीले गरिरहेकाले घटनाबारे बुझेर निर्णय लिन प्रचण्डले सुझाएका छन्।
मन्त्री बाँस्कोटा र स्वीस सेक्युरिटी प्रिन्टिङ कम्पनीका नेपाल एजेन्ट विजयप्रकाश मिश्रबीचको टेलिफोन संवादमा मन्त्री बाँस्कोटाले ७० करोड कमिसन माग गरेको अडियो बाहिरिएको छ।











