सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध
काठमाडौं, फागुन ८ : सञ्चारमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न माग गर्दै कांग्रेस सांसदले राष्ट्रिय सभा अवरुद्ध गरेका छन्।
सेक्युरिटी प्र....
काठमाडौं, फागुन ८ : सञ्चारमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न माग गर्दै कांग्रेस सांसदले राष्ट्रिय सभा अवरुद्ध गरेका छन्।
सेक्युरिटी प्रेस खरिदमा सञ्चारमन्त्री बाँस्कोटाले घुस मागेको अडियो सार्वजनिक भएको छ। त्यसै विषयलाई लिएर कांग्रेस सांसदले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेका हुन्।
राष्ट्रियसभाको बैठक सुरू हुनासाथ कांग्रेस सांसद जितेन्द्र देवले सञ्चारमन्त्रीलाई बर्खास्त गरेर छानविन गर्न माग गरे। उनले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा जवाफ दिनुपर्ने माग गरे।
त्यसलगत्तै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि राष्ट्रिय सभा स्थगित गरिएको छ। अर्को बैठक फागुन १५ गते बस्नेछ।











