सेक्युरिटी प्रेसबारे छलफलमा आएनन् सञ्चारमन्त्री बाँस्कोटा
काठमाडौं, फागुन ८ : सेक्युरिटी प्रेसबारे संसदीय समितिमा सुरू भएको छलफलमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा उपस्थित भएका छैनन्।
बिहीबार संसद्को स....

काठमाडौं, फागुन ८ : सेक्युरिटी प्रेसबारे संसदीय समितिमा सुरू भएको छलफलमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा उपस्थित भएका छैनन्।
बिहीबार संसद्को सार्वजनिक लेखा समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षण मुद्रण केन्द्रसँग सम्बन्धित सेक्युरिटी प्रेसबारे छलफल राखेको हो। त्यसमा सञ्चारमन्त्री बाँस्कोटालाई पनि बोलाइएको थियो।
सेक्युरिटी प्रेस खरिद गर्न सञ्चारमन्त्री बास्कोटाले बिक्रेता कम्पनीका स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँग ७० करोड घुस मागेको अडियो सार्वजनिक भएको छ। घुस मागेको अडियो सार्वजनिक भएपछि त्यस विषयमा पनि लेखा समितिमा प्रश्न गरिने भएको छ।
सञ्चारमन्त्री बाँस्कोटा उपस्थित भएका छैनन्। संसदीय समितिले बोलाउँदा उपस्थित हुन नसक्ने भए पहिले जानकारी गराउनुपर्ने व्यवस्था छ। तर, उनले जानकारी नगराएको समितिले जनाएको छ।











