Kathmandu Press

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा गरे आत्मसमर्पण

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उक्त राज्यमा उनीविरुद्ध सन् २०२० को चुनावी हारलाई उल्टाउने प्रयास गरेको आरोपमा मुद्दा परेको थियो । 
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा गरे आत्मसमर्पण

काठमाडौं, भदौ ८ : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उक्त राज्यमा उनीविरुद्ध सन् २०२० को चुनावी हारलाई उल्टाउने प्रयास गरेको आरोपमा मुद्दा परेको थियो । 

पूर्वराष्ट्रपति ट्रम्पको औंठाछाप (फिंगरप्रिन्ट) गरी उनको मगसट (अनुहारको तस्बिर) लिइएको छ । उनको जमानत २ लाख डलर तय गरिएको छ । ट्रम्पले ठगी र झूटा बयानसहित १३ आरोप अस्वीकार गरेको र आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन् । 

Hardik ivf

बुधबार उनका पूर्ववकिल रुडी जिउलियानी र अन्य सह प्रतिवादीहरूले सोही मुद्दामा आत्मसमर्पण गरेका थिए । ट्रम्पको यो चौथो आपराधिक मुद्दा हो ।

जर्जियामा ट्रम्पले सामना गर्ने अन्य तीन आपराधिक मुद्दाहरूको सुनुवाइ हुन लामो समय लाग्ने पूर्वसंघीय अभियोजक र एफबीआई सल्लाहकार जोसेफ मोरेनोको भनाइलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

प्रकाशित मिति: ०८:३५ बजे, शुक्रबार, भदौ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्