प्रधानमन्त्री ओली र प्रचण्ड भेटवार्ता, सञ्चारमन्त्री बाँस्कोटाबारे छलफल
काठमाडौं, फागुन ८ : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ।
बिहीब....

काठमाडौं, फागुन ८ : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ।
बिहीबार बिहान अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। भेटवार्तामा सञ्चारमन्त्री गोकुल बाँस्कोटाबारे पनि छलफल भएको जनाइएको छ।
सेक्युरिटी प्रेस खरिद गर्दा सञ्चारमन्त्री बाँस्कोटाले घुस मागेको अडियो सार्वजनिक भएको छ। अडियो सार्वजनिक भएपछि उनलाई बर्खास्त गर्न माग गर्न थालिएको छ।
त्यस्तै, नेकपाको कार्यकर्ता प्रशिक्षण अभियानबारे पनि छलफल भएको छ। दुवै अध्यक्षबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।
याे पनि पढ्नुस् :
सरकारका प्रवक्ता बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घुस मागेको खुलासा











