सञ्चारमन्त्री गोकुल बाँस्कोटा भन्छन्, 'आरोप प्रमाणित भए सजाय भोग्न तयार छु'
कञ्चनपुर, फागुन ८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार सार्वजनिक भएको अडियोबारे प्रतिक्रिया दिएका छन् । कञ्चनपुर नेकपा बेलडाँडी....

कञ्चनपुर, फागुन ८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार सार्वजनिक भएको अडियोबारे प्रतिक्रिया दिएका छन् । कञ्चनपुर नेकपा बेलडाँडीद्वारा अयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले आफुमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार भएको बताएका हुन् ।
बुधबार सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्न पुगेका मन्त्री बाँस्कोटाले यसलाई राजनीतिक रंग दिएर प्रपोगाण्डा मच्चाउन लागिएको प्रारम्भिक प्रतिक्रिया दिए ।
सेक्युरिटी मेसिन खरिदबारे मन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको छ ।
याे पनि पढ्नुस् :
सरकारका प्रवक्ता बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेस खरिदमा ७० करोड घुस मागेको खुलासा
सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गर्न कांग्रेसको माग











