फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट पानी प्रवाह सुरु
लगभग पाँच सय ४० वटा ओलम्पिक पौंडी पोखरीमा हुने बराबरको प्रशोधित पानी प्रशान्त महासागरमा आजदेखि प्रवाह गरिएको जनाउँदै जापानले त्यो सुरक्षित रहेको दाबी गरेको छ।
काठमाडाैं, भदाै ७ : चीन र कोरियाको चर्को विवादका बाबजुद जापानले फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी प्रशान्त महासागरमा प्रवाह गरेको छ।
लगभग पाँच सय ४० वटा ओलम्पिक पौंडी पोखरीमा हुने बराबरको प्रशोधित पानी प्रशान्त महासागरमा आजदेखि प्रवाह गरिएको जनाउँदै जापानले त्यो सुरक्षित रहेको दाबी गरेको छ।
सन् २०११ को सुनामीपछि बिग्रिएका आणविक रिएक्टरहरूलाई चिसो पार्न प्रयोग गरिएको उक्त परिमाणको सबै पानी समुद्रमा विसर्जन गर्न १७ दिन लाग्ने जापानी वैज्ञानिकहरूले बताएका छन्।
अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९आइएईए० को स्वीकृतिमा पानी प्रवाह गरिएको हो। आइएइएएका सुपरिवेक्षकहरू आणविक केन्द्रको जलप्रवाहस्थलमा बस्ने र उनीहरूले केन्द्रबाट महासागरमा प्रवाह भएको पानी र माछाको नमूना सङ्कलन गर्नेछन्।
प्रकाशित मिति: १२:४२ बजे, बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1763799581.jpg)