वाग्नर प्रमुख येभगेनीसहित १० जनाको शव फेला
हिजो प्रिगोजिनको मृत्युको खबर सुनेपछि धेरै रुसी अचम्ममा परेका थिए। प्रिगोजिनले दुई महिना अघि असफल विद्रोह सुरु गरेर राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिएका थिए।
मस्काे, भदाै ७ : दुर्घटनाग्रस्त एम्ब्रेर लिगेसी जेटमा रहेका वाग्नर प्रमुख येभगेनी प्रिगोजिनसहित सबै १० यात्रुको शव फेला परेको रुसी आपतकालीन सेवाले आज जनाएको छ।
हिजो प्रिगोजिनको मृत्युको खबर सुनेपछि धेरै रुसी अचम्ममा परेका थिए। प्रिगोजिनले दुई महिनाअघि असफल विद्रोह सुरु गरेर राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिएका थिए।
प्रिगोजनसमेत सवार उक्त जेट समस्याका कुनै सङ्केत नै नदेखाइ अचानक खसेको फ्लाइट ट्र्याकिङ डेटामा देखिन्छ। त्यसपछि करिब ३० सेकेन्डमा उक्त जेट २८ हजार फिटको उचाइबाट ८ हजार फिटभन्दा तल खसेको थियो।
नागरिक उड्डयन प्राधिकरणका अधिकारीका अनुसार उनीहरूको ध्यान अहिले दुर्घटनाको कारण पत्ता लगाउनेतर्फ केन्द्रित भएको छ। प्राधिकरणले दुर्घटना अनुसन्धान गर्न विशेष आयोग गठन गरेको छ। प्रहरीले दुर्घटनास्थल वरपरको क्षेत्रलाई ‘सिल’ गरेको छ।
प्रकाशित मिति: १२:२६ बजे, बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1763799581.jpg)