Kathmandu Press

सञ्चारमन्त्री बाँस्कोटालाई बर्खास्त गर्न कांग्रेसको माग

काठमाडौं, फागुन ८ : सेक्युरिटी प्रेस घुस प्रकरणमा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न कांग्रेसले माग गरेको छ।

कांग्रेस प्रवक्ता व....

सञ्चारमन्त्री बाँस्कोटालाई बर्खास्त गर्न कांग्रेसको माग

काठमाडौं, फागुन ८ : सेक्युरिटी प्रेस घुस प्रकरणमा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न कांग्रेसले माग गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी सञ्चारमन्त्री बाँस्कोटालाई बर्खास्त गर्न माग गरेका हुन्। उनले विज्ञप्तिमा भनेका छन्, ‘तत्काल बर्खास्त गर्न र अनुसन्धान प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक रुपले आग्रह गर्दछ।’

सञ्चारमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको पछि कांग्रेसले बर्खास्त गर्न माग गरेको हो।

 

प्रकाशित मिति: १०:५१ बजे, बिहीबार, फागुन ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्