Kathmandu Press

भारतको चन्द्रयान चन्द्रमामा अवतरण

यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन्। चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनको चन्द्रयानमात्रै अवतरण गराएका छन्।
भारतको चन्द्रयान चन्द्रमामा अवतरण

काठमाडौं, भदौ ६ : भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण भएको छ। बुधबार साँझ चन्द्रयान–१ दक्षिणध्रुवमा अवतरण गरेको हो।

यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन्। चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनको चन्द्रयानमात्रै अवतरण गराएका छन्।

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसनले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो। ‘एलभीएम–३’ रकेटले अन्तरीक्षयानलाई अन्तरिक्षमा पुर्‍याएको थियो।

भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिटमा सफलतापूर्वक पुर्‍याएको यो तेस्रो पटक हो। इसरोले यसअघि नै अगस्ट ५ मा ‘चन्द्रयान–३’ चन्द्रमाको कक्षमा पुग्ने बताएको थियो। भारतको यो मिसन सफल भएमा चन्द्रमाको सतहमा पुग्ने चौथो मुलुक बन्नेछ।

चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण गर्ने योजनाका साथ उडेको रुसको लुना–२५ यान गत आइतबार चन्द्रमामा दुर्घटनाग्रस्त भएको थियो।

उक्त घटनापछि चन्द्रयान–३ अवतरणका लागि वैज्ञानिकले सुरक्षित स्थानको खोजी गरेका थिए । अवतरणको दृश्यलाई इसरोले युट्युव र फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेको थियो।

प्रकाशित मिति: १९:२८ बजे, बुधबार, भदौ ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्