Kathmandu Press

मुस्लिम प्रदर्शनकारीको अनुहार पहिचान गर्न भारतमा एपको प्रयोग

नयाँ दिल्ली: नयाँ दिल्लीमा विरोध कार्यक्रममा सहभागी हुँदा कलाकार रचिता तनेजा मास्कले अनुहार छोप्छिन्।

आफ्नो पहिचान नखुलोस् भन्ने सुनिश्....

मुस्लिम प्रदर्शनकारीको अनुहार पहिचान गर्न भारतमा एपको प्रयोग

नयाँ दिल्ली: नयाँ दिल्लीमा विरोध कार्यक्रममा सहभागी हुँदा कलाकार रचिता तनेजा मास्कले अनुहार छोप्छिन्।

आफ्नो पहिचान नखुलोस् भन्ने सुनिश्चित गर्न हुडीमाथि स्कार्फ बेर्छिन्। प्रदर्शनमा सहभागी नहुँदा आफ्नो समुदायलाई राज्यले गरेको विभेदविरुद्ध आवाज उठाउन नसकेको ग्लानीले पोल्छ। प्रदर्शनमा जाऔँ राज्यविरुद्धको अपराधमा सजाय भोग्नुपर्ने त्रास छ।

नागरिकता सम्बन्धी विधेयकका कारण भारको नयाँ दिल्ली र उत्तर प्रदेशमा अहिले आन्दोलन भइरहेको छ। मुस्लिमलाई सिमान्तकृत बनाउने उद्देश्यले नागरिकतासम्बन्धी नयाँ कानून बनेसँगै त्यसविरूद्ध डिसेम्बरको मध्यदेखि चर्को आन्दोलन भइरहेको छ।

Hardik ivf

आन्दोलनकारी प्रहरीले आफ्नो अनुहार नचिनोस् भन्नका लागि अनेक तिगडम लगाइरहेका छन्। भारतीय प्रहरीले प्रविधिको प्रयोगमार्फत उनीहरुको तिगडमलाई विफल बनाइरहेको  छ। अनुहार चिन्ने सफ्टवेयरको प्रयोग गरी प्रहरीले आन्दोलनमा सहभागी भएको प्रमाणसहित तत्काल गिरफ्तार गर्छ। एपको सहायताले भारतीय प्रहरीले हालसम्म ११ सय प्रदशर्नकारी गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

अभियन्यताहरुले प्रधानमन्त्री नरेन्द्र मोदीले फरक विचार निषेध गरिएको प्रविधि प्रयोगका कारण अभियन्ताहरु चिन्तित छन्।   “सरकारको व्यवहारका कारण हामी असुरक्षित छौँ। हामीमाथि भइरहेको अत्याचारविरुद्ध पनि निर्धक्क भएर आवाज उठाउन सकेका छैनौँ,'' रचिताले भनिन्।

दिल्लीका विरोध कार्यक्रममा सहभागी प्रदर्शनकारी पहिचान गर्न सफ्टवेयरको प्रयोग भएको खबर पहिलो पटक इन्डियन एक्सप्रेसले सार्वजनिक गरेको थियो।

कानून बनाएरै एपको प्रयोग गर्ने तयारी

अभियन्ताहरुको चर्को आलोचनापछि भारत सरकारले अनुहार पहिचान सम्बन्धी एप कानून निर्माण गरेरै प्रयोगमा ल्याउने तयारी थालेको छ।

भारतीय नागरिकको एकीकृत डाटावेश बनाएर स्वचालित रुपमा अनुहार पहिचान गर्न सक्ने प्रविधि तयार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सिसिटिभी क्यामेरामा कैद भएका अनुहार आफूसँग भएको डाटावेशसँग मेल खाने वा नखाने जाँच गर्ने स्वचालित प्रविधि भारतीय सफ्टवेयर इन्जिनीयरहरुले तयार गरिरहेका छन्।

यसले प्रहरीको काम सहज बनाउनुका साथै अपराध नियन्त्रणमा सहयोग पुग्ने भारतीय प्रहरीको ठहर छ। आलोचकहरुले भने चीनको जस्तो आमनिगरानी गर्ने तयारीमा भारत सरकार लागेको भन्दै आपत्ति जनाएका छन्।

प्रकाशित मिति: ०८:०८ बजे, बिहीबार, फागुन ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्