Kathmandu Press

निर्वाचन शान्तिपूर्ण मात्रै होइन, जनमत प्रतिबिम्वित हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडाैं, फागुन ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको मुटु भनेकै निर्वाचन भएकाले सुदृढ निर्वाचन प्रणाली विनालोकतन्त्र फष्टाउन नसक्ने बताएका ....

निर्वाचन शान्तिपूर्ण मात्रै होइन, जनमत प्रतिबिम्वित हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडाैं, फागुन ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको मुटु भनेकै निर्वाचन भएकाले सुदृढ निर्वाचन प्रणाली विनालोकतन्त्र फष्टाउन नसक्ने बताएका छन्।

चौथो निर्वाचन दिवस विशेष समारोहलाई बुधबार सम्बोधन गर्दै उनले निर्वाचनमा जनसहभागिता बढाउन, कम खर्चिलो, स्वच्छ, पारदर्शी बनाउने र आम जनताको हितको भावनाको प्रतिनिधित्व हुन सकोस् भन्नेतर्फ क्रियाकलाप लक्षित हुनुपर्नेमा जोड दिए। 

‘निर्वाचन शान्तिपूर्ण मात्रै होइन, जनताको प्रतिनिधित्वको प्रतिबिम्वित हुनुपर्छ’ भन्दै प्रधानमन्त्री ओलीले निष्पक्ष रहेर शान्तिपूर्ण निर्वाचन गराएको र त्यसका लागि आयोगले गरेको प्रयासको सराहना गरे। अबका दिनमा खर्च गर्न नपर्ने निर्वाचन, पारदर्शी निर्वाचन, पारदर्शी स्रोतको व्यवस्था गर्नेतर्फ ध्यान जान जरुरी रहेको बताउँदै उनले निर्वाचनको व्यस्तता नभएको अहिलेको समयमा आयोगलाई यस्ता विषयमा ध्यान केन्द्रित गर्न सुझाव दिए। 

आगामी निर्वाचनलाई कसरी राम्रो, कम खर्चिलो र सहभागिता बढाउने, जनताको हित र भावनाको बढी भन्दाबढी प्रतिनिधित्व कसरी हुन सक्छ भन्ने विधिकाबारे छलफल चलाउन पनि प्रधानमन्त्रीले आयोगको ध्यानाकर्षण गराए। सार्वभौमसत्ता सम्पन्न जनताको मूल मर्म भनेको निर्वाचनबाट प्रकट हुने अभिमत नै हो भन्दै उनले जनताको अभिमतलाई स्वीकार गरेमात्रै लोकतन्त्र बलिायो हुन्छ भन्ने तथ्यलाई आत्मसात गर्न सुझाव दिए।
 

प्रकाशित मिति: १९:१२ बजे, बुधबार, फागुन ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्