थाइल्यान्डका पूर्वप्रधानमन्त्री सिनावात्रा पक्राउ
मंगलबार उनी निजी विमानबाट विमानस्थलमा अवतरण गर्नासाथ अदालत उपस्थित गराएर जेलमा लगिएको हो।बैंकक, भदौ ५ : थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा पक्राउ परेका छन्। १५ वर्ष लामो निर्वासनपछि स्वदेश फर्किनासाथ उनलाई पक्राउ गरिएको हो।
बैंककस्थित डन मुयाङ विमानस्थलमा मंगलबार अवतरण गरेलगत्रै उनलाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले उनलाई अदालत उपस्थित गराएर जेल चलान गरेको छ ।
शक्तिको दुरुपयोगलगायत थुप्रै आपराधिक अभियोगमा सर्वोच्च अदालतले उनीलाई ८ वर्षको जेल सजाय तोकेको थियो। सिनावात्राले भने आफूमाथि राजनीतिक पूर्वाग्रहका कारण अभियोग लगाइएको बताउँदै आएका छन्।
मंगलबार उनी निजी विमानबाट विमानस्थलमा अवतरण गर्नासाथ अदालत उपस्थित गराएर जेलमा लगिएको हो।
सिनावात्रा २००१ मा चर्चित नेताको रुपमा सत्तामा पुगेपछि त्यहाँका सम्भ्रान्तहरूबाट ग्रामीण क्षेत्रका थाइ नागरिकहरू लामो समयदेखि उपेक्षित रहेको भन्दै विवादमा पनि आएका थिए।
उनी २००६ को सेप्टेम्बरमा संयुक्त राष्ट्र संघलाई सम्बोधन गर्न न्यूयोर्कमा छँदा नै थाइ सेनाले सत्ता कब्जा गरेको थियो । २००८ पछि निर्वासनमा रहँदै आएका थिए।