Kathmandu Press

लौकिनी घ्याग्ले सामुदायिक वनमा वृक्षारोपण अभियान

लौकिनी घ्याग्ले सामुदायिक वनमा वृक्षारोपण अभियान

काभ्रे, भदौ ५ : पाँचखालस्थित लौकिनी घ्याग्ले सामुदायिक वनमा वृक्षारोपण अभियान सुरु गरिएको छ।

डिभिजन वन कार्यालय काभ्रेपलान्चोकले फिर्ता ल्याएको अतिक्रमित ७४ रोपनी क्षेत्रमा तारबार लगाई वृक्षारोपन अभियान सुरुवात गरिएइको हो। डिभिजन वन कार्यालयले वृक्षारोपन अभियान सुरु गरेको हो।

सो क्षेत्रमा साल, सतिसाल, निम, दारलगायतका १ सय बिरुवा रोपिएको वन अधिकृत हरिचन्द्र तिमल्सिनाले जानकारी दिए।

21692694778.jpg

डिभिजनल वन अधिकृत वन अधिकृत देविचन्द्र पोख्रेलले वृक्षारोपन कार्यक्रमलाई अभियानका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। यस्तै, पाँचखाल–२ का वडाध्यक्ष रामेश्वर दाहालले यस्तो अतिक्रमण हटाउने र वृक्षारोपन अभियानमा पाँचखाल नगरपालिका हातेमालो गर्न तयार रहेको बताए।

लौकिनी घ्याग्ले सामुदायिक वनका अध्यक्ष रत्नबहादुर तामाङले फिर्ता अएको ७४ रोपनी क्षेत्रमा फलफूलका विरुवा रोप्ने बताए।

उक्त वृक्षारोपन कार्यक्रममा सामुदायिक वनका अध्यक्ष रत्नबहादुर तामाङ, डिभिजन वन अधिकृत देविचन्द्र पोख्रेल, पाँचखाल नगरपालिका २ का वडाध्यक्ष रामेश्वर दाहाल र वन अधिकृत हरिचन्द्र तिमल्सिनालगायत उपस्थित थिए।

221692694796.jpg

प्रकाशित मिति: १४:४१ बजे, मंगलबार, भदौ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्