Kathmandu Press

विद्युतमा आत्मनिर्भर हुन लागेका छौं : उर्जामन्त्री बस्नेत

मन्त्री बस्नेतले मुलुकमा लोडसेडिङ नभएपनि प्रावधिक कारणले बेला बेलामा बत्ती जाने गरेको भन्दै उक्त समस्या पनि छिट्टै समाधान हुने दाबी गरे।
विद्युतमा आत्मनिर्भर हुन लागेका छौं : उर्जामन्त्री बस्नेत

चितवन, भदौ ५ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सुख्खा र वर्षा दुवै समयमा विद्युतमा आत्मनिर्भर हुन लागेको बताएका छन्।

मंगलबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बस्नेतले विधुतमा पूर्णरुपमा आत्मनिर्भर बन्न लागेको भन्दै प्रशारण लाइनको विस्तार र व्यवस्थापनमा ध्यान केन्द्रीत गरेको जिकिर गरे।

Hardik ivf

उनले बंगलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको बताए। मन्त्री बस्नेतले मुलुकमा लोडसेडिङ नभएपनि प्रावधिक कारणले बेला बेलामा बत्ती जाने गरेको भन्दै उक्त समस्या पनि छिट्टै समाधान हुने दाबी गरे।

सरकारले एकीकृत योजनाका साथ ऊर्जा क्षेत्रको उत्पादन, प्रसारण र वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम गरिरहेको उनले बताए। उनले सर्वसुलभ रुपमा विद्युत् व्यापार गर्ने विषयलाई समेत जोडेर एकीकृत योजनाका साथ अघि बढेको जनाए।

प्रकाशित मिति: १२:४२ बजे, मंगलबार, भदौ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्