Kathmandu Press

सरकार राष्ट्रपतीय शासन लागु गर्न उद्धत छ : पौडेल

धरान, फागुन ७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले मुलुकमा राष्ट्रपतीय शासन व्यवस्था लाद्ध्न खोजेक....

सरकार राष्ट्रपतीय शासन लागु गर्न उद्धत छ : पौडेल

धरान, फागुन ७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले मुलुकमा राष्ट्रपतीय शासन व्यवस्था लाद्ध्न खोजेको आरोप लगाएका छन्।

सुनसरीको धरानमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले शीतलनिवासलाई शक्तिशाली बनाउँदै सरकारले राष्ट्रपतीय शासन ल्याउन खोजेको आरोप लगाएका हुन्।

संविधानको मर्मविपरीत कानून बनाएर राष्ट्रपतिको अधिकार बढाउने तयारीमा सरकार लागि परेको पौडेलेको भनाइ छ। ‘संविधानालाई लत्याउँदै विभिन्न बहानामा उनीहरु राष्ट्रपतिको अधिकार बढाउने तयारीमा सरकार छ,’ उनले भने। 

उनले सरकारले कम्युनिष्ट आदर्शमा कानून बनाएर संविधानलाई पंगु बनाएको आरोप लगाए। नेता पौडेलले बहुलवाद मास्न सरकारले कम्युनिष्ट आदर्शलाई सर्वोपरी मानेर अधिनायकवाद लाद्ध्न खोजेको आरोप लगाए।‘हामीले लोकतान्त्रिक शासन व्यवस्था हुने गरी संविधान बनायौं तर सरकारले संविधानलाई पंगु बनाएर नयाँ-नयाँ कानून बनाउन उद्धत छ,’ उनले भने।.

पौडेलले सरकार सञ्चालनको विधिलाई लिएर समेत कडा आपत्ति जनाए। कम्युनिष्ट सरकारको समर्थन नगर्नेलाई राजनीतिक प्रतिसोधका आधारमा बद्‍नाम गराउन सरकार उद्धत रहेको उनको भनाइ छ। 

प्रकाशित मिति: १७:१९ बजे, बुधबार, फागुन ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्