सरकार नेकपा कार्यकर्ताको मात्रै : बडु
अछाम, फागुन ७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दिलेन्द्र बडुले केपी शर्मा ओली नेतृत्वको सरकार नेकपाका कार्यकर्ताको मात्रै भएको आरोप....

अछाम, फागुन ७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दिलेन्द्र बडुले केपी शर्मा ओली नेतृत्वको सरकार नेकपाका कार्यकर्ताको मात्रै भएको आरोप लगाएका छन्।
नेपाल प्रेस युनियन अछामले बुधबार साँफेबगरमा गरेको पत्रकार सम्मेलनमा नेता बडुले ओली सरकारको गतिविधि हेर्दा नेकपाका कार्यकर्ताको जस्तोमात्रै देखिएको आरोप लगाएका हुन्। सबै जनताको प्रधानमन्त्री बन्न ओली असक्षम बनेको उनको आरोप छ।
नेता बडुले बालुवाटारको ललित निवास प्रकरणमा आफ्ना नेतालाई उन्मुक्ति दिनु र यती समूहको पक्षपोषण गर्नुले सरकार नेकपाका कार्यकर्ताको मात्रै भएको पुष्टि गर्ने बताए।
फरक प्रसंगमा नेता बडुले एमसीसी तत्काल संसदबाट पारित गर्नु पर्नेमा जोड दिए।











