नेपालगञ्ज वाणिज्य सङ्घको अध्यक्षमा धामी
ललित रौनियारलाई आठ सय ९० मतको अन्तरले पराजित गर्दै धामी अध्यक्षमा निर्वाचित भएका हुन्।
नेपालगञ्ज, भदौ ४ : नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा टक धामी निर्वाचित भएका छन्।
ललित रौनियारलाई आठ सय ९० मतको अन्तरले पराजित गर्दै धामी अध्यक्षमा निर्वाचित भएका हुन्। धामीले दुई हजार चार सय ५६ मत ल्याउँदा रौनियारले एक हजार पाँच सय ६६ मत प्राप्त गरे।
१० जना सदस्यमा एउटा प्यानलबाट सात र अर्को प्यानलबाट तीन निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। चार हजार नौ सय ३३ मतदाता रहेको सघमा चार हजार एक सय ३२ मत खसेको बताइएको छ।
प्रकाशित मिति: ०८:१७ बजे, सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












