Kathmandu Press

चिनियाँ दूतावासले दिएको धम्कीको सम्पादकहरूद्वारा विरोध

काठमाडौं, फागुन ७ : काठमाडौंस्थित चिनियाँ दूतावासले समाचार र लेखको विषयलाई लिएर दिएको धम्कीको सम्पादकहरूले विरोध गरेका छन्।

बुधबार सम्पादकहर....

चिनियाँ दूतावासले दिएको धम्कीको सम्पादकहरूद्वारा विरोध

काठमाडौं, फागुन ७ : काठमाडौंस्थित चिनियाँ दूतावासले समाचार र लेखको विषयलाई लिएर दिएको धम्कीको सम्पादकहरूले विरोध गरेका छन्।

बुधबार सम्पादकहरूले संयुक्त प्रेस विज्ञप्ती जारि गरि चिनियाँ दूतावासको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको जनाएका छन्।

‘प्रेसमा आएका सामग्रीप्रति असहमति राख्ने, त्यसको खण्डन गर्ने व्यक्ति वा संस्थाको अधिकारको हामी सम्मान गर्छौं,’ सम्पादकहरूको विज्ञप्तिमा भनिएको छ, ‘तर, कुनै विचार वा समाचार प्रकाशित गरेवापत सम्पादकको नामै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ। त्यस्तो कार्यको हामी भत्र्सना गर्दछौं।’
उनीहरूले चिनियाँ दूतावासको विज्ञप्तिले कूटनीतिक मर्यादा पनि नाघेको जनाएका छन्।

काठमाडौं पोस्टमा प्रकाशित समाचार र लेखलाई लिएर चिनियाँ दूतावासले मंगलबार विज्ञप्ति जारी गरेर विरोध जनाएको थियो। जसमा सम्पादक अनुप काफ्लेलेलाई धम्की समेत दिइएको थियो।

काठमाडौं पोस्टले चीनमा फैलिएको कोरोना भाइरससम्बन्धी समाचार र लेखमा माओत्से तुङको मास्क लगाएको स्केच छापेको थियो। चिनियाँ दूतावासले त्यसप्रति आपत्ति जनाउँदै धम्की दिएको थियो।

प्रकाशित मिति: १५:०२ बजे, बुधबार, फागुन ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्