साँगामा इन्टर्याक्टको शेयर बजार प्रशिक्षण
काभ्रे, भदौ ३ : नेपाल प्रहरी स्कूल, साँगामा शेयर मार्केटसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
इन्टर्याक्ट क्लब अफ भक्तपुर एण्ड काभ्रे भ्याली र इन्टर्याक्ट क्लब अफ नेपाल पुलिस स्कूल साँगाको संयुक्त आयोजनामा भएको तालिम कार्यक्रममा २ सय ८० जनाको सहभागतिा रहेको इन्टर्याक्ट डिष्ट्रिक्ट ३२९२ का जोनल इन्टर्याक्ट रिप्रिजेन्टेटिभ अनमोल सिलवालले जानकारी दिए।
सिवलावका अनुसार कार्यक्रमले शेयर बजार सम्बन्धि जानकारी दिइनुका साथै कार्यक्रम स्थलमै सहभागीहरुको डिम्याट खातासमेत खोलिएको थियो। कार्यक्रमले वित्तीय साक्षरता र जागरूकताको प्रसारमा महत्वपूर्ण जानकारी दिएको उन बताए।
तालिमका सहभागीहरुलाई सचिन सिलवाल, शिव चन्द, र श्रीहरि कार्कीले शेयर बजारको परिप्रेक्ष्य, निवेश रणनीतिहरू र सुस्त वित्तीय निर्णयहरूबारे प्रशिक्षण दिएका थिए। कार्यक्रममा रोटेरी क्लब मध्यपुरकी नोमिनी प्रेसिडेण्ट शकिला पाठक, राजराम सुवाल र विक्रम कर्माचार्यलगायत उपस्थित थिए।
इन्टर्याक्ट क्लब अफ नेपाल पुलिस स्कूल साँगाकी अध्यक्ष रनिसा तामाङले कार्यक्रम सपलतापुर्वक सम्पन्न गर्न सहयोय गर्नुहुने सबैमा आभार व्यक्त गरिन्।
कार्यक्रमको संयोजन जोन सेभेनका जोनल एडभाइजर रोज कर्माचार्यले युवाहरुमा शेयर बजारबारे जानकारी दिन, बजारको अवस्थाबारे जानकार रहन मद्दत मिल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।