वुहानबाट ल्याइएका विद्यार्थीमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि
काठमाडौं, फागुन ७ : गत आइतबार चीनको वुहानबाट ल्याइएको एक सय ७५ जना नेपालीमा कोरोना भाइरसको संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
....

काठमाडौं, फागुन ७ : गत आइतबार चीनको वुहानबाट ल्याइएको एक सय ७५ जना नेपालीमा कोरोना भाइरसको संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बुधबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै १ सय ७५ नेपालीमा संक्रमण नदेखिएको पुष्टि गरेको हो। वुहानबाट ल्याइएको दिननै परीक्षणको लागि सबैको नाक र घाँटीको र्यालको नमूना संकलन गरिएको थियो।
क्वारेन्टाइनमा बसेकाहरूको दुई पटक स्वास्थ्य परीक्षण गरिने भनिएकोमा एउटाको नतिजा आज आएको हो। अर्को परीक्षण भने १४ औं दिनमा गरिने छ।
वुहानबाट उद्दार गरेर ल्याइएका नेपालीहरुलाई अहिले खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएकाे छ।
प्रकाशित मिति: १३:५१ बजे, बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











