Kathmandu Press

नेपाल एयरलाइन्सले भदौ ३० बाट दमाम उडान गर्ने

काठमाडौं–दमामको प्रवर्द्धनात्मक भाडादर ३५ हजार रुपैयाँ तोकिएको छ। दमाम–काठमाडौंका लागि भने पाँच सय ९६ साउदी रियाल तोकिएको छ।
नेपाल एयरलाइन्सले भदौ ३० बाट दमाम उडान गर्ने

काठमाडौं, २ भदौ : राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ।

नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भदौ २० गतेदेखि काठमाडौंबाट दमाममा नियमित सिधा उडान गर्ने गरी आजदेखि टिकट बुकिङ खुला गरिएको हो।

नेपाल एयरलाइन्सको यो ११औं अन्तर्राष्ट्रिय उडान गन्तव्य हो। यसअघि निगमले साउदी अरेबियाको रियादमा उडान गरिरहेको थियो।

उडान तालिकाअनुसार काठमाडौं–दमाम–काठमाडौं सेक्टरमा निगमले साताको दुई दिन बुधबार र शनिबार उडान गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको प्रवक्ता पौडेलले बताए।

काठमाडौं–दमामको प्रवर्द्धनात्मक भाडादर ३५ हजार रुपैयाँ तोकिएको छ। दमाम–काठमाडौंका लागि भने पाँच सय ९६ साउदी रियाल तोकिएको छ। निगमको उडान विस्तारबाट नेपालीहरूको बाहुल्यता रहेको साउदीबाट नेपाल आवागमन सहज र सुलभ हुने विश्वास गरिएको छ।

निगमले अहिले दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाजमार्फत आठ देशका ११ गन्तव्यमा उडान भरिरहेको छ।

प्रकाशित मिति: १७:५० बजे, शनिबार, भदौ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्