इन्डोनेसियाको होटलमा आगलागी हुँदा तीन जनाको मृत्यु, तीन जना घाइते
स्थानीय प्रहरीका अनुसार राति करिब ११ः५० बजे आगलागी भएको हो। स्थानीय समय अनुसार बिहीबार केबायोरान बारुको उपजिल्लामा रहेको एफ–२ होटलमा लागेको आगो शुक्रबार दिउँसो २ः४० बजे निभिएको थियो।जकार्ता, भदाै १ : इन्डोनेसियाको राजधानी जकार्ताको दक्षिणी भागमा बिहीबार अबेर राति एउटा होटल भवनमा आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
स्थानीय प्रहरीका अनुसार राति करिब ११ः५० बजे आगलागी भएको हो। स्थानीय समय अनुसार बिहीबार केबायोरान बारुको उपजिल्लामा रहेको एफ–२ होटलमा लागेको आगो शुक्रबार दिउँसो २ः४० बजे निभिएको थियो।
जिल्लाका प्रहरी उपप्रमुख ट्रिबुआना रोजेनोले आगलागीमा तीनजना होटलका पाहुनाको मृत्यु भएको जनाकारी दिएका छन्। उनीहरू भेन्टिलेसन नभएको कोठामा फसेका थिए।
आगलागीमा परी अन्य तीन जना पाहुना पनि घाइते भएका छन् र अहिले उनीहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा चुरोटको टुठाले आगलागी भएको खुलेको छ।
प्रकाशित मिति: १६:३५ बजे, शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा यात्रु बसमा आक्रमण, ४१ जनाको मृत्युशुक्रबार, मंसिर ७, २०८१