Kathmandu Press

रेमिट्यान्स २१ प्रतिशतले वृद्धि, असारसम्म सवा १२ खर्ब भित्रियाे  

रेमिट्यान्स २१ प्रतिशतले वृद्धि, असारसम्म सवा १२ खर्ब भित्रियाे  

काठमाडौं, भदाै १ : आर्थिक वर्ष २०७९/८० रेमिट्यान्समा वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आवको वार्षिक तथ्यांकअनुसार असार मसान्तसम्म २१.२ प्रतिशतले वृद्धि हुँदै १२ खर्ब २० अर्ब ५६ लाख रुपैयाँ रेमिट्यान्स देश भित्रिएको छ। अघिल्लो वर्ष रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो। 

अमेरिकी डलरको विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ भने अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो। 

त्यसैगरी ,समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको छ। अघिल्लो वर्ष यस्तो संख्या ३९२.० प्रतिशतले बढेको थियो।

त्यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको छ।

प्रकाशित मिति: १५:४१ बजे, शुक्रबार, भदौ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्