Kathmandu Press

सरकारको ऋण २२ खर्ब १८ अर्ब, प्रतिनेपाली ऋणभार ७४ हजार

सरकारको ऋण २२ खर्ब १८ अर्ब, प्रतिनेपाली ऋणभार ७४ हजार

काठमाडौं, भदौ १ : नेपाल सरकारको ऋण २२ खर्ब १८ अर्ब पुगेको तथ्य नेपाल राष्ट्र बैंकले उजागर गरेको छ। 

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार सरकारको ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो।

प्रतिवदन अनुसार २०८० असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी ऋणमध्ये बाह्य ऋण १० खर्ब ९३ अर्ब ३५ करोड छ । आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ रहेको छ।

तथ्यांक अनुसार प्रति नेपाली ऋणको भार ७४ हजार १०८ रुपैयाँ पुगेको छ। 
 

प्रकाशित मिति: १५:३७ बजे, शुक्रबार, भदौ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्