सामुहिक राजीनामा गर्न हस्ताक्षर संकलन गर्दै चिकित्सक
काठमाडौं, फागुन ७ : सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकको विरोधमा चिकित्सकहरुले सामुहिक राजीनामा दिने भएका छन् । यसका लागि सरकारी चिकित्सक संघ, ने....
काठमाडौं, फागुन ७ : सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकको विरोधमा चिकित्सकहरुले सामुहिक राजीनामा दिने भएका छन् । यसका लागि सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले हस्ताक्षर संकलन शुरु गरेको छ ।
स्वास्थ्य मन्त्रालयले पुस २९ गते चिकित्सकहरूसँग गरेको सम्झौता विपरित समायोजन विधेयक ल्याएको उनीहरूको भनाइ छ । सबै चिकित्सकलाई केन्द्रअन्तर्गत राख्ने र मन्त्रालयले आवश्यकताअनुसार विभिन्न ठाउँमा खटाउँने सहमित गरेपनि अहिले सम्झौता विपरित विधेयक ल्याएको संघका अध्यक्ष डा.दीपेन्द्र पाण्डेले बताए । “स्वास्थ्य मन्त्रालयले सम्झौता विपरित आफूहरूलाई अन्याय हुने गरेको छ, त्यसैले आन्दोलनमा उत्रिन बाध्य भएका हौं,’ अध्यक्ष डा.पाण्डेयले भने ।
विधेयक सच्याउँन माग गर्दै संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । यसका लागि उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई समेत आहग्र गर्ने जनाएका छन् । विधेयक नसच्याए आकष्मिकबाहेकका सबै सेवा बन्द गरेर देशभर आन्दोलन चर्काउने अध्यक्ष डा.पाण्डेले बताए ।
यससँगै उनीहरूले सामुहिक राजीनामाका लागि हस्ताक्षर संकलन गर्न थालेका छन् । संघका अध्यक्ष डा.पाण्डेले काठमाडौंप्रेससँग भने, “हिजोदेखि देशभर हस्ताक्षर संकलन गरिरहेका छौं । सामुहिक राजीनामा दिन्छौं ।”
मंगलबार उनीहरुले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् । बुधबार सामुहिक विदा बस्ने भएका छन् । त्यस्तै, बिहीबार सामुहिक राजीनामा दिने अध्यक्ष डा.पाण्डेले बताए ।






