Kathmandu Press

बंगलादेशबाट नेपाल घुम्न आए सात सय पर्यटक, विमानस्थलमा भव्य स्वागत 

उनीहरु जहाज चार्टर्ड गरेर शुक्रबार काठमाडौं आएका हुन्। नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्डले पञ्चेबाजासहित स्वागत गरेको थियो।
बंगलादेशबाट नेपाल घुम्न आए सात सय पर्यटक, विमानस्थलमा भव्य स्वागत 

काठमाडाैं, भदाै १ : बंगलादेशबाट सात सय पर्यटक नेपालमा घुम्न आएका छन्।

उनीहरु जहाज चार्टर्ड गरेर शुक्रबार काठमाडौं आएका हुन्। नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्डले पञ्चेबाजासहित स्वागत गरेको थियो।

Hardik ivf

नेपाल आउने बङ्गलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले व्यवस्थापन गरेको छ। बङ्गलादेशको ढाकामा रहेको माउन्टेन क्लबमार्फत नेपाल आएका बङ्गलादेशी पर्यटकहरुले ऐतिहासिक सम्पदाको भ्रमण गर्ने तय भएको छ।

नेपालबाट नजिक दूरीमा रहेको बङ्गलादेश पर्यटकीय सम्भावना बोकेको गन्तव्य मुलुक हो। ठूलो संख्यामा नेपाल भित्रिने बङ्गलादेशी पर्यटकको प्रचार–प्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत पुग्ने विश्वास पर्यटन बोर्डको छ।

बङ्गलादेशमा रहेको माउन्टेन क्लब टुर्स एण्ड ट्राभल्सका प्रमुख रिजाउल हकिम सान्तुले बङ्गलादेश प्राकृतिक रुपमा सुन्दर रहेकाले भ्रमणका लागि नेपाल आएको बताए। चार रात पाँच दिन नेपालमा बिताउदा भक्तपुर, नगरकोट, धुलिखेल लगाएतका पर्वतीय क्षेत्रमा जाने र सम्मेलनको समेत आयोजना गरिएको उनले बताए।

पर्यटन बोर्डका अनुसार सन् २०२३ मा हालसम्म बङ्गलादेशबाट करिव १३ हजार छ सय पर्यटक नेपाल आएका छन्। 

bangaladesh1692346484.jpg

प्रकाशित मिति: १४:०० बजे, शुक्रबार, भदौ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्