Kathmandu Press

कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो, ७५ हजार वढी संक्रमित 

काठमाडौं, फागुन ७ : कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघेको छ ।

कोरोना फैलन सुरु भएको चीनमा दुई हजार एक जना र चीनबाहिरका देश....

कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो, ७५ हजार वढी संक्रमित 

काठमाडौं, फागुन ७ : कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघेको छ ।

कोरोना फैलन सुरु भएको चीनमा दुई हजार एक जना र चीनबाहिरका देशमा चार जना गरी ज्यान गुमाउनेको सङ्ख्या दुई हजार पाँच पुगेको समाचार संस्था सीएनएनले जनाएको छ । चीनबाहिर फिलिपन्स, हङकङ, जापान र फ्रान्समा एक/एक जनाको ज्यान गएको छ ।

गएको २४ घण्टामा मात्र एक सय ३२ जनाले ज्यान गुमाएका छन् । केही दिनदेखि ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको भए पनि मङ्गलबार ज्यान गुमाउनेको सङ्ख्या फेरि बढेको हो । यस्तै कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७५ हजार नाघेको छ ।

यसैबीच चीनको सेन्टर फर् डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको अध्ययनअनुसार सङ्क्रमितमध्ये ८० प्रतिशतभन्दा धेरै बिरामी तथा वृद्धवृद्धा रहेको देखाएको छ । अध्ययनले स्वास्थ्यकर्मी पनि उच्च जोखिममा रहेको देखाएको छ ।

प्रकाशित मिति: ०८:२२ बजे, बुधबार, फागुन ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्