Kathmandu Press

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

ओल्के पर्वको अवसरमा प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको हो । साउने झरीमा हुने प्राकृतिक विपत्तिबाट जोगिएको खुसियालीमा सुदूरपश्चिममा ओल्के पर्व मनाउने चलन छ ।
सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा
Hardik ivf

काठमाडौं, भदौं १ : सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

साउने झरीमा हुने प्राकृतिक विपत्तिबाट जोगिएको खुसियालीमा सुदूरपश्चिममा ओल्के पर्व मनाउने चलन छ । आजको दिन मान्यजनलाई सम्मानस्वरूप कर्कलाको भित्री पात, फलफूलसहित मिठो खाने कुरा दिने चलन छ । 

ओल्के पर्व मनाउनाले प्राकृतिक प्रकोपसहित रोगब्याधीबाट बच्न सकिने विश्वास छ ।

प्रकाशित मिति: ०७:२१ बजे, शुक्रबार, भदौ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्