Kathmandu Press

प्रजातान्त्रिक धर्मको निर्वाह गरौं : पूर्वराजा 

काठमाडौं, फागुन ७ : पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रमा खाली भविष्यको कोरा सपना मात्र बाढेर खेर फालेको आरोप लगाएका छन् ।

प्रजातन्त्र द....

प्रजातान्त्रिक धर्मको निर्वाह गरौं : पूर्वराजा 

काठमाडौं, फागुन ७ : पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रमा खाली भविष्यको कोरा सपना मात्र बाढेर खेर फालेको आरोप लगाएका छन् ।

प्रजातन्त्र दिवशका अवसरमा मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीप्रति संकेत गर्दै सपना मात्र  बाढ्ने काम भएको भन्दै समय खेर नफाली सर्वहितकारी ‘प्रजातान्त्रिक धर्म’ को निर्वाह गर्न सुझाव समेत दिएका छन् ।

 भारत भ्रमणमा रहेका पूर्वराजा शाहले भविश्यको कोरा सपना मात्र बाँडेर नेपालका राजनीतिक दलका नेताहरुले समय खेर फालेको बताए । उनले प्रजातन्त्र कर्म उत्रन र व्यवहारमा देखिन सक्नुपर्ने, तर त्यस्तो हुन नसकेको बताएका छन् ।

 ‘प्रजातन्त्र शब्दमा होइन, कर्ममा उत्रन सक्नुपर्दछ । रुपमा होइन, सारमा झल्कनुपर्दछ, हामी देश दर्शन र वैदेशिक भ्रमणमा जब जान्छौं, त्यहाँ प्राय सुन्ने बुझ्ने गर्दछौं– नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा र उत्साहमा सार्थक हुन सकिरहेको छैन ’ बिज्ञप्तिमा उल्लेख छ ।

प्रजातन्त्र केही टाठाबाठा र केहीको आर्थिक स्वार्थका लागिमात्र होइन भन्दै सबै जनताले प्रतिफल पाउनुपर्ने बताएका छन् । राष्ट्रको प्रतिष्ठा, प्रबद्र्धन र आम जनचाहानाको परिपुर्ती नै प्रजातन्त्रको प्राण भएको समेत उनले उल्लेख गरेका छन् ।  

प्रकाशित मिति: ०७:४८ बजे, बुधबार, फागुन ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्