Kathmandu Press

दोस्रो टोखा महोत्सव’ फागुन २३ देखि

काठमाडौं, फागुन ७ : धार्मिक, पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको टोखामा ‘दोस्रो टोखा महोत्सव–२०७६’ हुने भएको छ । काठमाडौँको ....

दोस्रो टोखा महोत्सव’ फागुन २३ देखि
Hardik ivf

काठमाडौं, फागुन ७ : धार्मिक, पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको टोखामा ‘दोस्रो टोखा महोत्सव–२०७६’ हुने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रको टोखा नगरपालिकाको आयोजनामा टोखा बजारमा फागुन २३ देखि २५ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो ।

नगरपालिकाले महोत्सवको तयारीका लागि विभिन्न समिति तथा उपसमिति निर्माण गरेर प्रचारप्रसारलाई तीव्र पारेको छ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरपालिकाभित्रको धार्मिक, ऐतिहासिक, पौराणिक, संस्कृतिलाई आम जनतामाझ चिनाउनका लागि महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए।

“मेलामा स्थानीय कला संस्कृति, झाँकी, स्थानीय नेवारी खानाको प्रदर्शन गरिनेछ”, उनले भने ।  नेवाःगुथि टोखाको व्यवस्थापनमा महोत्सव हुन लागेको छ । तीन दिनसम्म चल्ने महोत्सवमा नगरपालिकाका साँस्कृतिक तथा धार्मिक धरोहर सम्पदाको पहिचान र त्यसको प्रचारप्रसार गर्ने तथा सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल पार्ने उद्देश्य राखिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले महोत्सव सम्पन्न गर्न चालू आर्थिक वर्षमा रु २५ लाख विनियोजन गरेको छ । 

प्रकाशित मिति: ०७:३३ बजे, बुधबार, फागुन ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्