Kathmandu Press

पूर्वप्रधानमन्त्री वाजपेयीको सम्झनामा स्मृतिसभा

त्यस अवसरमा राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी उपराष्ट्रपति जगदीप धनकर, गृहमन्त्री अमित शाह र केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले देशको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट विभूषित नेता वाजपेयीको स्मारकमा पुष्पहारसहित श्रद्धाञ्जली अर्पण गरे। 
पूर्वप्रधानमन्त्री वाजपेयीको सम्झनामा स्मृतिसभा

नयाँदिल्ली, साउन ३१ : पूर्वप्रधानमन्त्री एवं भारतीय जनता पार्टी (भाजपा) का नेता अटल बिहारी वाजपेयीको पाँचौँ पुण्यतिथिका अवसरमा आज नयाँदिल्लीस्थित ‘सदैव अटल’ स्मारकमा एक स्मृतिसभा आयोजना गरियो।

त्यस अवसरमा राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी उपराष्ट्रपति जगदीप धनकर, गृहमन्त्री अमित शाह र केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले देशको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट विभूषित नेता वाजपेयीको स्मारकमा पुष्पहारसहित श्रद्धाञ्जली अर्पण गरे। 

Hardik ivf

भाजपाले पहिलोपटक राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) का साझेदारहरूलाई पनि अटल स्मारकमा आयोजित श्रद्धाञ्जलीसभामा आमन्त्रण गरेर नेता वाजपेयीले देखाएको एकता र सद्भावको भावनालाई निरन्तरता दिने जमर्को गरेको छ। 

स्मृतिसभामा एनडीएका नेताहरू विहारका पूर्वमुख्यमन्त्री जीतन राम मांझी, तमिल मनिला कङ्ग्रेसका नेता जीके वासन, एआइएडीएमकेका थम्बी दुरई, अपना दल नेता अनुप्रिया पटेल, एनसिपी नेता प्रफुल्ल पटेल र अगाथा सङ्गमालगायत अन्य नेताको उपस्थिति थियो। लोकसभा अध्यक्ष ओम बिर्ला र राज्यसभा उपाध्यक्ष हरिवंश, जेडियु नेता नितिश कुमार, वाजपेयीकी धर्मपुत्री नमिता कौल भट्टाचार्यले  दिवङ्गत नेताप्रति पुष्पार्पण गरे। 

अर्को वर्षको लोकसभा चुनावलाई दृष्टिगत गरी केन्द्र र राज्यमा एनडीएलाई थप बलियो बनाउन भाजपाले राजनीतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। ती सबै कार्यक्रममा सत्तारुढ गठबन्धनका साझेदारलाई सरिक गराउने नीति अख्तियार गरेको छ। 

सन् १९२४ मा ग्वालियरमा जन्मनुभएका नेता वाजपेयीले लामो समयसम्म भाजपाको नेतृत्व गरे। उनलाई भाजपाको पर्यायका रुपमा लिइन्थ्यो। तीनपटक भारतको प्रधानमन्त्री बन्नुभएका उनको भारतीय आयुर्विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो। 

मोरारजी देशाईको मन्त्रीमण्डलमा उनी विदेशमन्त्री थिए। उनको स्मृतिलाई चिरस्थायी बनाउन मोदी सरकारले नेता वाजपेयीको जन्मदिन २५ डिसेम्बरलाई सुशासन दिवसका रुपमा मनाउने घोषणा गरेको छ। 

प्रकाशित मिति: १७:२४ बजे, बुधबार, साउन ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्