रूसमा पेट्राेल पम्पमा आगलागी, २७ जनाको मृृत्यु
रुसको ककेसस गणतन्त्र दागेस्तानमा रहेको एक पेट्रोल पम्पमा आगलागीसँगै विस्फोट भएको छ। सो विस्फोटमा हुँदा २७ जनाको मृत्यु भएको छ भने १ सय भन्दा बढी घाइते भएका छन्।
मस्को, साउन ३० : रुसको ककेसस गणतन्त्र दागेस्तानमा रहेको एक पेट्रोल पम्पमा आगलागीसँगै विस्फोट भएको छ। सो विस्फोटमा हुँदा २७ जनाको मृत्यु भएको छ भने १ सय भन्दा बढी घाइते भएका छन्।
आपतकालीन प्रतिकार्य मन्त्रालयका अनुसार माखचकलामा रहेको पेट्रोल पम्मपमा सोमबार राति उक्त दुर्घटना भएको हो। अग्नि नियन्त्रण कार्यालयका साथै सुरक्षा निकायको सहयोगमा आगो पूर्णरुपमा निभाइएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अस्पतालमा धेरै घाइते भर्ना भएका र मृतकको सङ्ख्या बढ्नसक्ने छ।
व्यक्तिगत लापरबाहीका कारण घटना भएको हो वा होइन भन्ने यकिन भइसकेको छैन। नजिकको बस्तीका मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।
प्रकाशित मिति: १२:५७ बजे, मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












