राम्रो काम भइरहेको बेला देशमा नकारात्मक कुरा हावी भयो : अर्थमन्त्री महत
अर्थमन्त्री महतले अर्थतन्त्रमा सुधार भइरहको र सबैले सकारात्मक बनेर अघि बढ्नु पर्ने बताए।
काठमाडौं, साउन ३० : अर्थमन्त्री प्रकाश शरण महतले देशमा राम्रो काम भईरहेको बेलामा नकारात्मक कुरा हावी भएको गुनासो गरेका छन्।
आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा अर्थमन्त्री महतले राज्यले गरेको कार्यहरुमा सबै सकारात्मक बनेर लाग्नुपर्ने बताए।
‘यो देशमा यसैपनि नकारात्मक कुराहरू लोकप्रिय हुन्छन्। गम्भीर काम भइरहेको छ, सिरियस कुरा भइरहेको छ । त्यसलाई सकारात्मक भएर अगाडि ल्याउनुपर्छ,’ उनले भने।
अर्थमन्त्री महतले अर्थतन्त्रमा सुधार भइरहको र सबैले सकारात्मक बनेर अघि बढ्नु पर्ने बताए। करको दायरामा नआएकालाई ट्रयाकमा ल्याउने कामलाई सरकारलेप्राथमिकता दिएर अगाडि बढ्नु पर्ने उनले बताए।
प्रकाशित मिति: १२:०४ बजे, मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












