लोक गायक प्रकाश कटुवाल पक्राउ
काठमाडौँ, फागुन ६ : लोक गायक प्रकाश कटुवाल पक्राउ परेका छन्। तनहुँको बन्दीपुर गाउँपालिकास्थित डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको आर....

काठमाडौँ, फागुन ६ : लोक गायक प्रकाश कटुवाल पक्राउ परेका छन्। तनहुँको बन्दीपुर गाउँपालिकास्थित डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
गुरुङमाथि शनिबार साँझ केही अपरिचित युवकको समूहले आक्रमण भरेको थियो। गायक कटुवालकै योजनामा आक्रमण भएको आरोप लगाउँदै गुरुङकी छोरी सोनिकाले सोमबार उजुरी दिएकी थिइन्।
ज्यान मार्ने उद्योग मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी विनोद सिलवालले बताए। उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
प्रकाशित मिति: १७:३८ बजे, मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











